गायक प्रकाश सपुतको नयाँ गीत ‘महिनावारी विभेदमाथि परपर छु’ (भिडियोसहित)
बाग्लुङ | मंसिर २५, २०७९
बागलुङः
‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराइजस्तो भयो मेरो जगत्
सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भो
जन्मदिने बाआमाले पानी बार्दिनु’भो
आफ्नै घर छु, तर परपर छु‘’
एकातिर महिनावारीको असह्य पीडा, अर्कातिर सामाजिक, सांस्कृतिक विभेद । दुःख मिश्रित स्वरमा एक किशोरी विद्यालयको शुक्रबारे कार्यक्रममा गीत गाइरहेकी छिन् । महिनावारीमा महिलालाई अपवित्र ठानिने रुढी मान्यताको सिकार बन्न विवश उनी गीतमा भन्छिन्–
‘प्रकृतिको नियम होला तन दुःखेको थियो
समाजको नियमले झन् मन दुःखेको थियो
प्रकृति र समाजको नियम मानिरहेँ
केटाकेटीजस्तै थिएँ, केटी मात्रै भएँ
आफ्नै घर छु, तर परपर छु‘’
महिनावारी भएकै कारण उनी विद्यालय जान पाउँदिनन्, सरस्वती पूजाबाट वञ्चित हुन्छिन् । उनलाई आफैँले बनाएको माटाको मूर्ति पुज्न दिइन्नँ । परिवारमा मात्र होइन, सार्वजनिक ठाउँमा पनि विभेदमा पर्छिन् । गाउँदागाउँदै उनी भक्कानिन्छिन् ।
‘नछुने यो कुचलनले कति रोएकी छु
श्वास नफेर्नुस् आज मैले हावा छोएकी छु
रगत पोतेकी छु, गीतमा आँशु भेरकी छु
किनकी म आज पनि पर सरेकी छु‘’
किशोरीको गायन प्रस्तुतिले जसरी विद्यालय परिसरमा सन्नाटा ल्याउँछ उसैगरी युट्युबमा उक्त गीतको शब्द दृश्य हेर्नेरसुन्ने जो–कोहीलाई पनि भावुक बनाउँछ र महिनावारी विभेदबारे सोच्न बाध्य पार्छ ।
लोकप्रिय गायकरसर्जक प्रकाश सपुतको शब्द तथा सङ्गीतमा गायिका तुलसी बोहोराले स्वर दिएको गीत हो– ‘परपर छु‘।’ आरान प्रोडक्शनले निर्माण गरेको गीतको म्युजिक भिडियोमा केकी अधिकारी, प्रकाश सुपत र सेविता अधिकारीको अभियन छ । कथा लेखन र निर्देशन पनि सपुतकै रहेको छ । गीतलाई कथा र संवादले जीवन्त बनाएको छ । सरल र मौलिक लोकलयमा गीत आधारित छ । विद्यालय उमेरकी किशोरीको भूमिकामा सेविता जमेकी छिन् ।
समाजमा अझै पनि महिनावारीलाई अन्धविश्वाससँग जोड्ने र विभेदलाई मलजल गर्ने प्रवृत्तिविरुद्धको सचेतनाका रूपमा यो गीतलाई लिइएको छ । महिनावारी सचेतनाका लागि ‘सबैले सोचौँ र मिलेर केही गरौँ’ भन्ने सन्देश गीतले दिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसर पारेर ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको थियो । राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा तयार पारिएको उक्त गीतले दुई दिनमै युट्युबमा तीन लाख बढी भ्यूज पाएको छ । २४ हजार लाइक र झन्डै दुई हजार प्रतिक्रिया आएका छन् । महिनावारीजस्तो स्वाभाविक शारीरिक प्रक्रियालाई लिएर महिलामाथि हुने विभेद हटाउन र महिनावारी सचेतना जगाउन गीतले सिर्जनात्मक बल दिने विश्वास लिइएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

